सुनको मुल्यमा सामान्य गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्यमा सामान्य गिरावट



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि सुनको मुल्य घटेको छ । मंगलबार प्रतितोला एक लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १०० रुपैयाँले घटेर प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, आज तेजावी सुनको मुल्य पनि तोलामा १०० रुपैयाँले नै घटेको छ। आज तेजावी सुन प्रतितोला एक लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

आज चाँदीको मुल्य भने १५ रुपैयाँ प्रतितोलाका दरले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ९ जेष्ठ २०८१, बुधबार १२:१८