कति छ सहकारी मन्त्रीको सम्पति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

कति छ सहकारी मन्त्रीको सम्पति ?



काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीदेखि मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को व्यवस्था अनुसार सम्पत्ति विवरण पेश भएको र त्यसैलाई मन्त्रिपरिषदबाट निर्णय गराएर कार्यालयले सार्वजनिक गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको आफ्नै नाममा जग्गा नरहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । मन्त्री अधिकारीले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई बुझाएको सम्पत्ति विवरणमा श्रीमती वसुन्धरा पौडेल अधिकारीको नाममा कपिलवस्तु वाणगंगामा ५ कट्ठा जमिन रहेको जनाएकामा श्रीमतीकै नाममा वुद्धभूमि ५ मा १ बिगाहा १५ कट्ठा जमिन रहेको उल्लेख गरेका छन् ।

यस्तै श्रीमतीकै नाममा काठमाडौँ कीर्तिपुरमा २०६.६६ वर्ग मिटर जग्गा रहेको समेत उनले उल्लेख गरेका छन् । भाइ नवराज अधिकारीको नाममा ९ कट्ठा जमिन पैतृक सम्पत्ति रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

चल सम्पत्तिको रूपमा १० तोला सुन रहेको उल्लेख गरेका मन्त्री अधिकारीले स्वआर्जनले जोडेको उल्लेख गरेका छन् । यस्तै, आफ्नो र श्रीमतीको नाममा विभिन्न बैंकमा रहेको खातामा १५ लाख रुपैयाँ नगद रहेको उल्लेख गरेका छन् ।

यस्तै मन्त्री अधिकारीले छोरा मनोज अधिकारीका नाममा भिजन इनर्जी (सङ्खुवासभा) को १५ लाख रुपैयाँ बराबरको १५ हजार कित्ता सेयर समेत रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

प्रकाशित : ८ जेष्ठ २०८१, मंगलवार १७:१४