युवा उद्यमी जस श्रेष्ठलाई ‘एक्जिटो एक्सेलेन्स अवार्ड’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

युवा उद्यमी जस श्रेष्ठलाई ‘एक्जिटो एक्सेलेन्स अवार्ड’



काठमाडौं। जेए ग्रुपका कार्यकारी निर्देशक तथा युवा उद्यमी जस श्रेष्ठ ‘एक्जिटो एक्सेलेन्स अवार्ड २०२४’ अवार्डबाट सम्मानित भएका छन् । यात्रा प्लस र एक्जिटो इभेन्टद्वारा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उद्यमी श्रेष्ठले ‘एक्जिटो एक्सेलेन्स अवार्ड’ अन्तर्गतको ‘योङ एचिभर अवार्ड’ पाएका हुन् ।

अवार्ड पाएपछि निर्देशक श्रेष्ठले अवार्ड पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा व्यवसायिक क्षेत्रमा थप काम गर्दै जाने उर्जा मिलेको बताए ।

सामाजिक, व्यावसायिक तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सो अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रममा डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खाली, शिक्षाविद् भुवनलाल श्रेष्ठ, लेखक महेश शमशेर राणा, पत्रकार सुरेन्द्र पौडेल, पाइलट विजय लामा, अपेनका महासचिव कृष्णकुमार बोहरा, युनिभर्सिटी अफ थ्रि जेनेरेसनका अध्यक्ष डा. राजेन्द्र केसी लगायत विभिन्न क्षेत्रका ३० जना भन्दा बढी सम्मानित भएका छन् ।

प्रकाशित : ८ जेष्ठ २०८१, मंगलवार १३:१९