सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?



काठमाडौं । सोमबार पनि सुनचाँदीको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ ।आइतबार प्रतितोला एक लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज नौं सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

जुन मूल्य हालसम्मकै उच्च हो। त्यस्तै आज तेजावी सुनको मुल्य पनि तोलामा नौं सय रुपैयाँले बढेर प्रतितोला ्एक लाख ४१ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

चाँदीको मुल्य ताोलामा ३० रुपैयाँले बढेर प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ७ जेष्ठ २०८१, सोमबार १०:४५