‘नेपाल लघु बीमक संघ’ को अध्यक्षमा चिरायु भण्डारी चयन, यस्तो बन्यो कार्यसमिति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

‘नेपाल लघु बीमक संघ’ को अध्यक्षमा चिरायु भण्डारी चयन, यस्तो बन्यो कार्यसमिति



काठमाडौं । नेपालमा सञ्चालित लघु बीमा कम्पनीहरुको छाता संघठन दर्ता भएको छ । जिल्ला प्रसासन कार्यलय ललितपुरमा बिहिबार नयाँ संघ दर्ता भएको हो ।

‘नेपाल लघु बीमक संघ’ नामको नयाँ संघ खुलेको हो । जसको अध्यक्ष गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी रहेका छन् ।

त्यसैगरी, उपाध्यक्षमा स्टार माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिला, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका सचिव र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव कोषाध्यक्ष बनेका छन् ।

यसैगरि सदस्यहरुमा ट्रष्ट माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत उज्जल ढुङ्गाना, नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र नाथ रिमाल र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ रहेका छन्।

प्रकाशित : ७ जेष्ठ २०८१, सोमबार १०:१४