नवजागरण साकाेसमा सवा तीन करोड तरलता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नवजागरण साकाेसमा सवा तीन करोड तरलता



काठमाडौं । नवजागरण बचत तथा ऋण सहकारी संस्थाले बैशाख महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको विवरण अनुसार बैशाख मसान्तसम्म संस्थामा ५.४८ प्रतिशत अर्थात तीन करोड १४ लाख ९७ हजार रुपैंया तरलता मौज्दात रहेको जनाएको छ ।

त्यसैगरी संस्थामा बैशाख मसान्तसम्म नौं हजार सात सय ९८ जना कुल ऋणी सदस्य भने ७४३ जना रहेका छन् । संस्थामा सेयर पुँजी ६.१३ प्रतिशत अर्थात चार करोड ४८ लाख ३५ हजार रुपैयाँ रहेको छ । संस्थाको ५७ करोड ४६ लाख ९४ हजार रुपैयाँ कुल बचत निक्षेप र ३८ करोड ३ लाख ६६ हजार रुपैयाँ ऋण लगानी गरेको जनाएको छ ।

यस्तै संस्थाको जगेडा कोषमा छ करोड ४० लाख ७९ हजार रुपैयाँ, विभिन्न कोषहरुमा ७६ लाख ७७ हजार रुपैयाँ रहेको जनाएको छ ।

बैशाख मसान्तसम्ममा संस्थाको कूल संस्थागत पुँजी छ करोड ५५ लाख २१ हजार रुपैयाँ र कुल सम्पत्ति ७३ करोड १५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको वित्तिय लगानी भने २७ करोड ९७ लाख २० हजार रुपैंया रहेको छ ।

प्रकाशित : ३ जेष्ठ २०८१, बिहीबार १३:२५