नबिल बैंककाे सीईओमा ढुङ्गाना पुन : नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंककाे सीईओमा ढुङ्गाना पुन : नियुक्त



काठमाडौं । नबिल बैंकले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई पुन : नियुक्त गरेको छ । कम्पनीको गत जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १७ गतेदेखि लागू हुने गरि थप दुई वर्षको लागि उनलाई सीईओमा पुन : नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्षभन्दा बढी लामो अनुभव भएका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए ।

यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरेका थिए।

प्रकाशित : ३ जेष्ठ २०८१, बिहीबार १२:४७