जिल्ला सहकारी संघ ललितपुरको संयोजनमा महानगरपालिकाले विभिन्न तालिम संचालन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

जिल्ला सहकारी संघ ललितपुरको संयोजनमा महानगरपालिकाले विभिन्न तालिम संचालन गर्दै



काठमाडौं । ललितपुर महानगरपालिकाले ललितपुर महानगरपालिका नियमाक क्षेत्र भएका सहकारी संस्थाहरूका लागि नि:शुल्क रुपमा विभिन्न तालिमहरु संचालन गर्ने भएको छ । महानगरपालिकाले आगामी जेठ १७ गतेदेखि ३२ गतेसम्म जिल्ला सहकारी संघ लिमिटेड ललितपुरको संयोजनमा तालिम संचालन गर्ने भएको हो ।

महानगरपालिकाले तालिम छुृट्टाछुट्टै दिनमा विहान १० बजेदेखि बेलुका ४ बजेसम्म व्यवस्थापकिय क्षमता अभिबृद्धि, लेखा समितिको क्षमता अभिबृद्धि र संचालक समितिको क्षमता अभिबृद्धि तालिम गरी तीनवटा विषयमा जिल्ला सहकरी संघ लिमिलेड ललितपुरको तालिम हलमा संचालन गर्ने जनाएको छ ।

साथै, तालिमका लागि सिमित सिट भएकोले समयमै नाम दर्ता गरी सिट सुरक्षित गर्न पनि अनुरोध गरेको छ ।

प्रकाशित : ३ जेष्ठ २०८१, बिहीबार ११:५०