सत्याग्रहीहरुको माग सम्बोधन गर्न ट्रक यातायात व्यवसायी महासंघको ध्यानाकर्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सत्याग्रहीहरुको माग सम्बोधन गर्न ट्रक यातायात व्यवसायी महासंघको ध्यानाकर्षण



काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले विभिन्न माग राखी काठमाडौंमा अनशनरत सामुहिक सत्याग्रहरुहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले एक प्रेस विज्ञप्ती जारी गर्दै बिगत १० दिनदेखि काठमाडौंस्थित कलंकी चोकमा राष्ट्रिय संयुक्त संघर्ष समितिको ब्यानरमा आमरण अनशन बसिरहेका सामुहिक सत्याग्रह सत्याग्रहीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

महासंघले सत्याग्रहीको माग र शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यवद्धता र समर्थन रहेको पनि बताएको छ । सत्याग्रहीहरु स्वदेशमै काम गरेर खान दे, उद्योगी व्यवसायी तथा आम नागरिकलाई बाँच्न देउ भन्ने नाराका साथ १८ बुँदे माग राखेर विगत १० दिनदेखि आमरण अनशन बसिरहेका छन् । महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाद्वारा हस्ताक्षरित विज्ञप्तीमा उनीहरुको आन्दोलनप्रति सरकारले वेवास्ता गरेको भन्दै दुःख व्यक्त गरिएको छ ।

महासंघले आन्दोलनकारीका मागप्रति राज्य समयमै गम्भीर बन्दै आपसी सहमतिको आधारमा मागको सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ । साथै समयमै माग सम्बोधनगरी अनशनकारीको जीवन रक्षा गर्न सरकारसँग अनुरोध गरिएको छ ।

प्रकाशित : ३ जेष्ठ २०८१, बिहीबार ११:१६