सहकारी अभियानका मुद्दा सम्बोधन गर्नु स्वागत याेग्य : महासंघ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी अभियानका मुद्दा सम्बोधन गर्नु स्वागत याेग्य : महासंघ



काठमाडौं । संघीय संसदको मंगलबारको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सहकारी अभियानले उठाएका विषयलाई प्राथमिकतामा राखेकोमा राष्ट्रिय सहकारी महासंघ लि. नेपालले सरकारप्रति हार्दिक आभार प्रकट गरेको छ ।

महासंघले बुधबार विज्ञप्ती जारी गर्दै लामो समयको प्रतिक्षापछि सहकारी क्षेत्रले उठाएका चासोलाई सरकारले ल्याएका नीति तथा कार्यक्रममा गम्भीरतापूर्वक सम्बोधन भएकोमा यसको हृदयदेखि नै स्वागत गरेको छ

आगामी आर्थिक वर्षमा पछिल्लो समयमा देखा परेका चुनौतीहरू सामना गर्न सहकारीको सुपरिवेक्षण र नियमनका लागि विशिष्टकृत निकायकोस्थापना गर्ने नीतिले नेपालको सहकारी अभियानलाई दिगो, मर्यादित र सहकारी अभियानको सुशासनलाई सुदृढ पार्ने अपेक्षा राखेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

साथै, सरकारले सहकारी क्षेत्रका लागि यस वर्षको थीम सहकारीमा सुशासनः प्रविधि र एकीकरणलाई सराहनीय रूपमा सम्बोधन गरेको छ । सहकारीको बचत तथा कर्जा सुरक्षण कोष, सहकारी कर्जा असुली न्यायाधिकरण र सहकारी कर्जा सूचना केन्द्र जस्ता प्रमुख संयन्त्रहरूको स्थापना गर्ने तथा बचत तथा ऋणका सहकारीको एकीकरणलाई प्रोत्साहन गर्ने नीतिहरूले सहकारी क्षेत्रको वित्तीय स्थायित्व र लचिलोपनलाई सुदृढ पार्ने सरकारको प्रतिबद्धतालाई महासंघले स्वागत गरेको छ

साथै, सहकारी नीतिलाई समसामयिक आवश्यकताअनुसार परिमार्जन गर्ने सरकारको प्रतिबद्धता यसको उत्तरदायित्व र दूरदर्शिताको प्रमाण हो भन्ने अभियानको बुझाई छ ।

त्यसैगरी, राष्ट्रिय सहकारी महासंघ लि. नेपाल समग्र सहकारी अभियानकोतर्फबाट नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग हार्दिक अपिल गरेको छ

प्रकाशित : २ जेष्ठ २०८१, बुधबार १३:१८