द नेपाल डिस्टीलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडकबत्ती जडान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

द नेपाल डिस्टीलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडकबत्ती जडान



काठमाडौं। लोकप्रिय नेपाली मदिरा ‘खुकुरी रम’ तथा न्यूड भोड्काको उत्पादक ‘दि नेपाल डिस्टीलरिज’ले काठमाण्डौमहानगरपालिकाको वडानम्बर १६ को बालाजुस्थित केही सडक क्षेत्रमा पोल तथा सडकबत्ती जडान गरेको छ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत बालाजु क्षेत्रको सडकलाई थप सुरक्षित बनाउन तथा सो क्षेत्रकोसौन्दर्यीकरणका लागि यस्तो सहयोग गरेको हो।

सडकबत्तीको व्यवस्था भएसँगैबालाजु सडक क्षेत्र उज्यालो भएको छ। व्यवस्थित सडकबत्तीले सो क्षेत्रकोसौन्दर्य र सुरक्षामा समेत अभिवृद्धि गर्ने कम्पनीको विश्वास छ। स्थानीय समुदाय यस पहलबाट धेरै लाभान्वित भएका छन्।

खुकुरी रमको उत्पादक दि नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभाष लामिछानेले यो कार्यले कम्पनी र स्थानीयबीच सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

‘सामुदायिक प्रतिनिधिको हैसियतमा बालाजु सडक क्षेत्रमा हाम्रो सहयोगमा पोलसहितका सडकबत्ती जडान भएको देखेर हामी खुशी छौं। यस पहलले निःसन्देह यस क्षेत्रकोसौन्दर्य र सुरक्षा बढाउनेछ। हामीलाई विश्वास छ कि यसले हाम्रो उद्योग समेत रहेको क्षेत्रका बासिन्दाका लागि थप जीवन्त र स्वागतयोग्य वातावरण सिर्जना गर्नेछ। हामी यसको सकारात्मक प्रभावको अपेक्षा पनि गर्दछौं।’

वडानम्बर १६ का कार्यबाहक वडाध्यक्ष पुष्प महर्जनले दि नेपाल डिस्टीलरिजको सहयोगप्रति आभार प्रकट गरे।

नेपाल डिस्टिलरिज प्राइभेट लिमिटेड सन् १९५९ मा स्थापित पहिलो नेपाली डिस्टिलरी हो। आइएसओ ढण्ण्ज्ञ स् द्दण्ज्ञछ प्रमाणित कम्पनीले नेपालमा विश्वभर सर्वाधिक रूचाइने खुकुरी रम उत्पादन गर्दछ।

यसबाहेक न्यूड भोड्का, कर्द, एरिस्टोक्र्याट लगायतका स्पिरिट पनि उत्पादन गर्दै आएको छ। खुकुरी रम स्वदेशमा नेपालभर उपलब्ध छ भने जापान, दक्षिण कोरिया, हङकङ, इटाली, संयुक्त राज्य अमेरिका र दुबई लगायतका विदेशमा निर्यात गरिन्छ।

प्रकाशित : २ जेष्ठ २०८१, बुधबार १२:३७