सुनको मुल्य तोलामा एक हजार रुपैयाँले बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा एक हजार रुपैयाँले बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । सुनको मुल्य आज तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर एक लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला एक लाख ३६ हजार ७५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको मुल्य पनि प्रतितोला पाँच रुपैयाँले बढेर १७ सय ४५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मुल्य प्रतितोला १७ सय ४० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : २ जेष्ठ २०८१, बुधबार ११:२२