‘सदस्यसँग जेष्ट आइडियोलोजी साकोस विस्तारित मञ्च’ कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

‘सदस्यसँग जेष्ट आइडियोलोजी साकोस विस्तारित मञ्च’ कार्यक्रम सम्पन्न



काठमाडाैं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले ‘सदस्यसँग जेष्ट आइडियोलोजी साकोस विस्तारित मञ्च’ अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

शिक्षा उप-समितिको संयोजन, मुख्य सेवा केन्द्र न्युरोड र मैतिदेबी सेवा केन्द्रको आयोजनामा संस्थाले विस्तारित मञ्च सम्पन्न गरेको हो । अझै गुणस्तरीय, विश्वसनीय र विस्तारित सेवा प्रदान गर्नुका साथै सदस्यहरुलाई संस्था प्रति थप अपनत्वको भावना विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा करिब ४ सय जना सदस्यहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा शिक्षा उपसमितिका संयोजक तथा सञ्चालक रामकुमार पण्डितको सभापतित्वमा भएको थियो । कार्यक्रममा चर्चित हाँस्य कलाकार तथा उत्प्रेरक मनोज गजुरेल मुख्य वक्ताको रुपमा रहेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष हेमबहादुर कार्की, संस्थापक अध्यक्ष रामप्राद आचार्य, लेखा सुपरिवेक्षण समितिका संयोजक मोहन बहादुर बुढाथोकी, सहकारी बैंक न्युरोड शाखाकी प्रमुख रमा घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उपस्थित सदस्यहरुलाई संस्थाको वित्तीय अवस्था, संस्थाले सदस्यहरुलाई प्रदान गर्दै आएको सेवा तथा सुविधा, भावी रणनीति लगायतका बारेमा प्रबन्धक आरती श्रेष्ठले प्रस्तुतीकरण गरेकी थिईन । त्यस्तै सदस्यहरुबाट आएको सुझाव र प्रतिक्रियालाई संस्थाका अध्यक्ष कार्की र प्रबन्धक श्रेष्ठले सहजिकरण गरेका थिए ।

केही समय अघिमात्रै संस्थाले काँडाघारी सेवा केन्द्रमा विस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रमका प्रमुख वक्ता सञ्चारकर्मी नरेश भट्टराई रहेका थिए ।

प्रकाशित : ३१ बैशाख २०८१, सोमबार १३:१५