एसइई दिएका परीक्षार्थीहरुलाई चन्द्रागिरीमा विशेष छुट, योजना चैत मसान्तसम्म मात्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एसइई दिएका परीक्षार्थीहरुलाई चन्द्रागिरीमा विशेष छुट, योजना चैत मसान्तसम्म मात्र



काठमाडौं १३ चैत। चन्द्रगिरी हिल्सले एसइई दिएका परीक्षार्थीलाई केबलबारमा विशेष छुट योजना ल्याएको छ । शैक्षिक सत्र २०७३ को माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका परीक्षार्थीका लागि ३ सय रुपैयाँमै केबलकार चढ्न पाउने भएका छन् । तर यस्तो चैत मसान्तसम्म मात्र लागू हुने छ ।

चन्द्रगिरी हिल्का अनुसार यस्तो सुविधा लिनका लािग परीक्षार्थीले प्रवेश पत्र अनिवार्य रुपमा साथमा लिएर आउनुपर्ने हुन्छ । छुट अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरबाट मात्र पाइने छ ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेकोछ । भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथालगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

प्रकाशित : १३ चैत्र २०७३, आईतवार ०५:१०