बीमा क्षेत्रमा नयाँ जागरणको सुरुवात भएको छः सिलवाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बीमा क्षेत्रमा नयाँ जागरणको सुरुवात भएको छः सिलवाल



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नयाँ एेन आए संगै बीमा क्षेत्रमा नयाँ जागरणको सुरुवात भएको बताएका छन् ।

प्राधिकरणको ५६औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष सिलवालले नयाँ ऐन ल्याएपछि बढी स्वतन्त्रताको अभ्यास सुरु भएको बताए ।

बीमा कम्पनीहरुलाई आवश्यक मार्गदर्शनहरु पनि सुझाव र छलफलका आधारमा नै तयार हुने गरेको अध्यक्ष सिलवालले बताए । ‘कुनैपनि निर्देशिका बनाउँदा हामीले खुला रुपमा प्राधिकरणको बेवसाइटमा राखेका छौं । त्यसबाट तपाईको सुझाव आवोस्, आएका सुझावका आधारमा आवश्यक नीति अवलम्बन गर्न सकियोस् । सबैको अपेक्षा पुरा गर्न सकियोस् भन्ने हो’, उनले भने । अहिले बीमा प्राधिकरण स्वतन्त्र हुँदै छ, नियमनको क्षेत्रको विश्वस्त बन्दै गएको छ ।

उनले प्राधिकरण नियमनको क्षेत्रमा पनि थप विश्वस्त बन्दै गएको दावी गरे । उधारो बीमा बन्द गराएपछि प्रगति गर्दै आएको बताए । उनले भने,‘बीमा विश्वासको व्यवसाय हो । हामीले उधारो बीमा हुन्न भन्यौं, त्यसपछि तपाईहरुले छोडेको हो । हाल यसमा प्रगति भइरहेको छ । बीमा प्रतिको विश्वास बढाउन वातावरण बनाउन हाम्रो उत्तिकै चासो छ ।’

बीमाको सेवालाई थप विस्तार गनुपर्ने आवश्यकता रहेको अध्यक्ष सिलवालले बताए । सर्वसाधारणमा बीमाको बारेमा बुझाउन अझै बाँकी रहेको उनको भनाई छ ।

प्रकाशित : ३१ बैशाख २०८१, सोमबार ११:५९