रेमिट्यान्स बढ्याे, ९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

रेमिट्यान्स बढ्याे, ९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रेमिट्यान्स १९.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको तेस्रो त्रैमाससम्म १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो रेमिट्यान्स २४.२ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स १७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १३.९ प्रतिशतले बढेको थियो ।

तेस्रो त्रैमाससम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख २९ हजार ४२२ जना रहेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७२१ जना रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ८७ हजार ८३९ र २ लाख १७ हजार ९५९ रहेको थियो रहेको थियो ।

तेस्रो त्रैमासम्मखुद ट्रान्सफर १७.८ प्रतिशतले वृद्धि भई ११ खर्ब ७४अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.८ प्रतिशतले बढेको थियो ।

प्रकाशित : ३० बैशाख २०८१, आईतवार १३:३३