हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद नाफामा उल्लेख्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद नाफामा उल्लेख्य सुधार



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद नाफामा उल्लेख्य सुधार देखिएकाे छ। यसअवधिमा खुद नाफा बढेर ६० करोड ६५ लाख ४८ हजार रुपैयाँ पुगेको छ । कम्पनीले अघिल्लो वर्षको यसैअवधिमा २३ करोड ७ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा खुद बिमा शुल्क आर्जन पनि बढेर ८३ करोड ६४ लाख ७५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६६ करोड ४३ लाख ८२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । एक अर्ब ७९ करोड ५३ लाख रुपैयाँ कुल आम्दानी पुगेको कम्पनीको चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँ छ ।

यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६१ पैसाले बढेर ३२ रुपैयाँ ३५ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ४९ पैसा छ ।

प्रकाशित : ३० बैशाख २०८१, आईतवार १३:००