शिखर इन्स्योरेन्सले कमायाे ३९ करोड बढी खुद नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

शिखर इन्स्योरेन्सले कमायाे ३९ करोड बढी खुद नाफा



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३९ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ३० करोड ९१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म एक अर्ब आठ करोड रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा ९३ करोड १९ रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको अन्य आम्दानी एक करोड ६० लाख र लगानी तथा कर्जा आम्दानी २५ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको कुल आम्दानी एक अर्ब ७८ करोड रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको ५७ करोड २ लाख रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ ।

तेस्रो त्रैमाससम्म कम्पनीले एक अर्ब २३ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । कम्पनीको महाविपत्ती कोषको आकार १३ करोड ५१ लाख र रिटेन्ड अर्निङ २६ करोड ११ लाख रुपैयाँबराबर रहेको छ । कम्पनीको चुक्तापूँजी दुई अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी९ईपीएस० बढेको छ । कम्पनीको ईपीएस १५.५३ रुपैयाँबाट बढेर १९.६० रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १९९.४९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४६३.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३५.२४ गुणा कायम भएको छ ।

प्रकाशित : ३० बैशाख २०८१, आईतवार १२:४२