सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।

आइतबार छापावाला सुनको मुल्य प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको मुल्य प्रतितोला एक लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि प्रतितोला एक लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ३० बैशाख २०८१, आईतवार ११:५१