सुनको मूल्य बढ्याे, कतिमा हुदैछ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मूल्य बढ्याे, कतिमा हुदैछ काराेबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। अघिल्लो दिन ताेलामा आठ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ताेलामा २३ सय सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३७ हजार नाैं सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि ताेलामा २३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ताेलामा ५० रुपैयाँले बढ्दै प्रतितोला एक हजार ७३५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : २८ बैशाख २०८१, शुक्रबार १०:४३