नगरपालिका स्तरमा जलवायु उत्थानशील भू-उपयोग योजनाको विकास र कार्यान्वयनको बिषयमा तालिम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

नगरपालिका स्तरमा जलवायु उत्थानशील भू-उपयोग योजनाको विकास र कार्यान्वयनको बिषयमा तालिम



काठमाडौं । चुरे उत्थानशील आयोजनाले सप्तरी जिल्लामा नगरपालिकाका पदाधिकारी र सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूका लागि ‘जलवायु उत्थानशील भू-उपयोग योजना’ तालिमका दुईवटा कार्यक्रम आयोजना गरेको छ ।

एउटा तालिम १६-१७ बैशाख, २०८१ मा राजविराजमा र अर्को तालिम १८–१९ बैशाख, २०८१ मा रुपानीमा आयोजना गरिएको थियो। राजविराजमा ६ जना महिला सहित १९ जना निर्वाचित पदाधिकारीहरु तालिममा सहभागी भएका थिए । रुपानीमा ८ महिलासहित २१ जना पदाधिकारी सहभागी थिए ।

‘स्थानीय समुदाय र पारिस्थितिकीय प्रणालीहरूले जलवायु परिवर्तनको प्रतिकूल प्रभावहरूमा परिरहेका छन्। स्थानीय स्तरमा भू-उपयोग योजनाले विभिन्न प्रकारले उपयोग गरिने भूमिमा जलवायु परिवर्तनका ज्वलन्त समस्याहरूलाई सम्बोधन गर्नुपर्छ। दिगोपनम प्रवर्द्धन गर्न, समुदाय र पारिस्थितिकीय प्रणालीको संरक्षण गर्नका लागि, र जलवायु बदलिरहेको सन्दर्भमा उत्थानशीलता बढाउनाका लागि जलवायु उत्थानशील भू-उपयोग योजना आवश्यक छ, ‘ तालिमका सहजकर्ता तथा चुरे उत्थानशीलआयोजनाका वन सम्बर्धन विज्ञ केशवप्रसाद खनाल भन्छन्।

जलवायु परिवर्तनको प्रतिकूल असरलाई सम्बोधन गर्न नगरपालिका स्तरमा जलवायु प्रतिरोधी भूउपयोग योजनाको विकास र कार्यान्वयनको महत्वमा तालीम केन्द्रित रहेको थियो। जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणको आधारभूत परिचय, भू–उपयोग नीति तथा नियमावली र भू–उपयोगका प्रकारका बारेमा छलफल भएको थियो । सहभागीहरूले प्रत्येक भू(उपयोग वर्गका लागि कार्यान्वयन योजना बनाउँदा ध्यानमा राख्नुपर्ने कुराका बारेमा अभ्यास पनि गरे।

तालिमका सहभागीहरूले तालिम आफ्नो लागि मूल्यवान भएको र जलवायु उत्थानशील भू-उपयोगका बारेमा आफ्नो ज्ञानमा वृद्धि भएको प्रतिक्रिया दिएका छन्। ‘जलवायु परिवर्तनका समस्याहरूलाई सम्बोधन गर्न नगरपालिका स्तरमा विभिन्न भू-उपयोग योजनाहरू विकास गर्दा हामीले विचार गर्नुपर्ने कुराका बारेमा मैले सिकें। मैले स्थानीय तहमा जलवायु अनुकूल भू-योजना विकास गर्ने प्रक्रिया पनि सिकें। यो तालिमले नगरपालिका स्तरमा वार्षिक योजना बनाउन निकै सहयोग पुग्ने छ,’सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं १की वडा सदस्य अनिता कुमारी चौधरीले भनिन्।

जलवायु उत्थानशीलता बढाउनका लागि सँस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चुरे उत्थानशील आयोजनाले यस्ता तालीम सञ्चालन गरिरहेको छ।

चुरे उत्थानशील आयोजनाका बारेमा

चुरे उत्थानशील आयोजना विश्व हरित कोष ९ग्लोबल क्लाइमेट फन्डर न्ऋँ० ले लगानी गरेको नेपालको पहिलो परियोजना हो। नेपाल सरकारले वन तथा वातावरण मन्त्रालय मार्फतसंयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन९ँब्इ० को प्राविधिक सहयोगमा यो आयोजना कार्यान्वयन गर्दै आएको छ ।

चुरे उत्थानशील आयोजनाले जलवायु-उत्थानशील भू-उपयोगका अभ्यासहरू व्यापक रूपमा अपनाउने, वन फँडानी र वन क्षयीकरणका चुनौतीहरूको सामना गर्ने, चुरे पहाडहरूमा वन-पारिस्थितिकीय प्रणालीलाई राम्रोसँग कायम राख्ने र जलवायु उत्थानशीलता बढाउनेलक्ष्य राखेको छ।

चुरे उत्थानशील आयोजनाले नेपालको मध्य र पूर्वी चुरे क्षेत्रमा जोखिममा रहेका २६ नदी प्रणालीमा काम गर्दछ। यो परियोजनाले आवासीय क्षेत्र र जलक्षेत्र बाहेक ७०२,०११ हेक्टर जमिन समेटेको छ।

चुरे उत्थानशील आयोजनाका कामहरूका बारेमा थप जान्नका लागि तपाईँ हाम्रो ह्खाता, फेसबुक पेज, र वेबसाइटमा हेर्न सक्नुहुन्छ।

प्रकाशित : २७ बैशाख २०८१, बिहीबार १६:०८