किसान लघुवित्तकाे कस्ताे छ वित्तिय अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

किसान लघुवित्तकाे कस्ताे छ वित्तिय अवस्था



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनसार कम्पनीको खुद नाफा बढेर दुई करोड २७ लाख पुगेको छ । गत आवमा कम्पनीले ६४ लाख ६६ हजार नाफा कमाएको थियो ।

त्यसैगरी गत आवमा कम्पनीको सञ्चालन नाफा ९२ लाख ३७ हजार रहेकोमा चालू आवमा बढेर तीन करोड ३६ लाख पुगेको छ ।

कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा घटेको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी १८ करोड ६१ लाख रहेकोमा चालू आवमा घटेर १६ करोड ११ लाखमा झरेको हो ।

तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा तीन करोड २३ लाख रहेको छ । सो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६.०१, तरलता अनुपात ५.४० प्रतिशत र प्रतिसेयर नेटवर्थ १३२.२६ रहेको छ ।

चुक्ता पूँजी ५० करोड ४३ लाख रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा १३ करोड ४ लाख र रिटेन्ड अर्निङमा तीन करोड २३ लाख सञ्चिती गरेको छ ।

प्रकाशित : २७ बैशाख २०८१, बिहीबार १२:५०