सुनको मुल्य घट्याे, चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य घट्याे, चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । बिहिबार सुनको मुल्य घटेको छ। बुधबार प्रतितोला एक लाख ३६ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आठ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ३५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि आठ सय रुपैयाँले नै घटेको छ । आज तेजावी सुन प्रतितोला एक लाख ३४ हजार नौं सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मुल्य भने १० रुपैयाँ प्रतितोलाका दरले बढेको छ । आज चाँदी प्रतितोला एक हजार छ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २७ बैशाख २०८१, बिहीबार ११:१०