चण्डेश्वरी साकोसको जेष्ठ सदस्य माता सम्मान कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

चण्डेश्वरी साकोसको जेष्ठ सदस्य माता सम्मान कार्यक्रम सम्पन्न



काभ्रे । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्य योजना अन्र्तगत महिला बिकास उप समिति को संयोजकत्वमा बैसाख २५ गते मंगलबार मातातिर्थ आँैसिको अवसरमा बनेपा वडा नं. ८, स्थीत संस्थाको केन्द्रिय कार्यालय संगै संस्थाका अध्यक्ष नबिन भक्त बादे को अध्यक्षतामा जेष्ठ सदस्य (माता) सम्मान कार्यक्रम सम्पन्न गरेकोे छ ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा बनेपा न.पा.का प्रमुख श्री शान्ति रत्न शाक्य को उपस्थितिमा पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममा बिषेश अतिथिका रुपमा बनेपा वडा ८ कार्यालयका अध्यक्ष शुभलक्ष्मी मानन्धर उपस्थीत रहनु भएकी थिईन ।

कार्यक्रममा संस्थामा आबद्ध ७५ बर्ष नाघेका जेष्ठ महिला सदस्यहरु लाई मातातिर्थआँैशिको उपलक्ष्यमा सम्मान गरिएको थियो । कार्यक्रममा १२२ जना जेष्ठ आमाहरुलाई सम्मान गरिएको छ । बिहानीको ८ः०० बजे कार्यक्रमको शुभारम्भ भएको थियो जसमा संस्थाका उपाध्यक्ष रमेश काजी श्रेष्ठले स्वागत मन्तव्य राखेका थिय भने प्रमुख अतिथि बनेपा न.पा. प्रमुख, शाक्य द्धारा माताहरुको सम्मानमा छोटो मन्तव्य पेश गरेका थिए ।

सम्मानमा माताहरुलाई इलेक्ट्रिक जग तथा खाद्यान्न का साथ साथै सम्मान पत्र प्रदान गरिएको थियो । साथै संस्थामा आवद्ध जेष्ठ महिला सदस्यहरु मध्यबाट उत्कृष्ट कारोबारको आधारमा संरक्षित पुँजी फिर्ताकोष बापट उच्चतम रकम पाउने ३ जना जेष्ठ आमाहरुलाई बिषेश सम्मान गरिएको थियो । ७५ बर्ष माथिका जेष्ठआमाहरुको उत्साहपुर्ण सहभागिता रहेको सो कार्यक्रममा उपस्थीत ९२ जना जेष्ठ आमासदस्यहरु सम्पुर्ण लाई सम्मान गरिएको थियो भने अनुपस्थीत ३० जनालाई घरदैलोमा गई सम्मान गरिएको थियो ।

चण्डेश्वरी साकोसले हरेक बर्ष माता तथा पिता सम्मान गर्दै आईरहेको छ । बनेपामा रहेको सो संस्था एक्सेस सिल्भर ब्राण्ड प्राप्त संस्था हुनुका साथसाथै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन) को ३६ आँै स्थापना दिवसको अवसरमा नेपालभरी बाट नेफ्स्कुन सर्बोत्कृष्ट साकोस छनौट भएको संस्था हो । हाल संस्थाको कुल पुँजी १ अर्ब ४५ करोड पुगेको छ ।

प्रकाशित : २५ बैशाख २०८१, मंगलवार १८:०८