बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार भयाे : अध्यक्ष केबी उप्रेती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार भयाे : अध्यक्ष केबी उप्रेती



काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले अहिले सहकारीमा ब्यापक नकारात्मक बिषय बढी चर्चामा आएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा बोल्दै उनले सहकारीमा यस्ता समस्या आउनु स्वनियमन प्रणाली बलियो नहुनु रहेको बताएका हुन ।

उनले भने, अहिले सहकारीमा ब्यापक नकारात्मक बिषय बढी चर्चामा आएको छ। ‘अहिले सहकारीमा भाग्यो, खायो, ठगी गर्यो भन्ने आएको छ । यसले डिपोजिट ठप्प हुने भयो । डिपोजिटवाला आफू ठगिने भयो भनेर डर बढेको छ ।’

उनले आफ्नो महत्वपूर्ण समय सहकारीमै बिताएको र सहकारीको समस्या समाधानका लागि काम गरिरहने धारणा राख्दै आफू बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार भएको गुनासो गरेका छन् । आफूमाथि गलत राजनीति भएको उनले टिप्पणी गरे ।

प्रकाशित : २५ बैशाख २०८१, मंगलवार १३:४९