सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बीमा

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द भएको छ । कम्पनीले सेयर प्रिमियमबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश रद्द गरेको हो । नेपाल बिमा प्राधिकरणले लाभांश वितरण नगर्न निर्देशन दिएपछि यस इन्स्योरेन्सको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश रद्द गर्ने निर्णय गरेको हो ।

इन्स्योरेन्सको बैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी वृद्दि गर्न २६.९८ प्रतिशतका दरले बोनस सेयर र १.४२ प्रतिशतका दरले अन्तरिम लाभांश वितण गर्ने निर्णय गरेको थियो।

प्रकाशित : २५ बैशाख २०८१, मंगलवार १२:१०