महिला लघुवित्तकाे खुद नाफा आर्जन चार करोड दुई लाख रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

महिला लघुवित्तकाे खुद नाफा आर्जन चार करोड दुई लाख रुपैयाँ



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र ब्याज आम्दानीमा गिरावट आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म चार करोड दुई लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा २३.२६ प्रतिशतले कम हो । अघिल्लो आवमा संस्थाले पाँच करोड २४ लाख रुपैयाँ बराबरको खुद नाफा कमाएको थियो ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ४३.८६ प्रतिशतले घट्दै ११ करोड ६३ लाख रुपैयाँमा खुम्चिएको छ । संस्थाको कुल सञ्चालन आम्दानी १७ करोड ८६ लाख र सञ्चालन मुनाफा पाँच करोड ७५ लाख रुपैयाँ रहेको छ ।

यस्तै संस्थाको वितरणयोग्य मुनाफा तीन करोड ६४ लाख रुपैयाँ रहेको छ । चुक्तापूँजी २१ करोड ७५ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ र रिजर्भ दुवै बढेको छ । संस्थाको रिजर्भ १७ करोड ४० लाखबाट बढेर १७ करोड ८५ लाख र रिटेन्ड अर्निङको आकार पनि ८८ लाख ५३ हजारबाट बढेर चार करोड ३० लाख रुपैयाँ पुगेको छ ।

तेस्रो त्रैमाससम्ममा एक अर्ब ५८ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले चार अर्ब ९५ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।

संस्थाको खराब कर्जा अनुपातमा उल्लेख्य कमी आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ९.८० प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.७७ प्रतिशतमा झरेको छ । संस्थाको इम्पेयरमेन्ट चार्ज तीन करोड ५६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस)३२.१७ रुपैयाँबाट घटेर २४.६८ रुपैयाँ कायम भएको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २०१.८६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य दुई हजार ३५४.०७ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : २४ बैशाख २०८१, सोमबार १६:००