सन नेपाल लाइफ इन्स्योरेन्सकाे नाफा ४९ करोड ३६ लाख, खुद बिमा शुल्क आर्जन दुई अर्ब ४९ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बीमा

सन नेपाल लाइफ इन्स्योरेन्सकाे नाफा ४९ करोड ३६ लाख, खुद बिमा शुल्क आर्जन दुई अर्ब ४९ करोड



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४९ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसले ४४ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी बढेर ६५ करोड २३ लाख रुपैयाँ पुगेपछि खुद नाफामा सुधार भएको हो । गत वर्ष यसले लगानी तथा कर्जाबाट ४० करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो । साथै, यसको कुल दाबी भुक्तानी रकम पनि एम अर्ब १५ करोड २८ लाख रुपैयाँबाट घटेर ८५ करोड ३४ लाख रुपैयाँमा आएको छ ।

हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी तीन अर्ब २० करोड रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा एक अर्ब २३ करोड ४१ लाख रुपैयाँ रहेको छ । सन नेपालको सेयर प्रिमियममा एक अर्ब २६ करोड ७६ लाख रहेको छ ।

चैत मसान्तसम्म यसले दुई अर्ब ४९ करोड रुपैयाँ बढी खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ०.९८ प्रतिशतले थोरै हो । यता, खुद नाफा बढेपनि चुक्ता पुँजीमा उच्च वृद्धि हुँदा यसको प्रतिसेयर आम्दानी भने ५.८९ रुपैयाँले घटेर २०.५७ रुपैयाँमा आएको छ । प्रतिसेयर नेटवर्थ भने १९४.११ रुपैयाँ रहेको छ ।

प्रकाशित : २४ बैशाख २०८१, सोमबार १२:१२