सी.जी. फुड्समा भएको घटनाप्रति उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सी.जी. फुड्समा भएको घटनाप्रति उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण



काठमाडौं । नेपाल उद्योग परिसंघले सी.जी. फुड्समा गत शुक्रबार भएको आक्रमणको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ । उसले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सी.जी. फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटना निन्दनीय भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रूपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउन पनि भनिएको छ ।

हालको विषम परिस्थितिमा निजी क्षेत्रको मनस्थितिलाई यस्ता घटनाले थप हत्तोत्साही बनाउने, लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भिर असर पार्ने भएकाले यस्ता कार्यलाई निरुत्साहित गर्न कडा रुपमा प्रस्तुत हुन पनि परिसंघले सरकार, प्रशासन एवं सम्वन्धित सरोकारवालाहरुको गम्भिर ध्यानाकर्षण गराएको छ ।

प्रकाशित : २३ बैशाख २०८१, आईतवार १३:२०