जाल्पा सामुदायिक लघुवित्तकाे नाफामा उल्लेख्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

जाल्पा सामुदायिक लघुवित्तकाे नाफामा उल्लेख्य सुधार



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा जाल्पा सामुदायिक लघुवित्तले ६२ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनी तीन करोड ९२ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

यस अवधिसम्म आइपुग्दा कम्पनीको सञ्चालन नाफा ८९ लाख ७३ हजार रुपैयाँ रहेको छ । यसको इम्पेयरमेन्ट चार्ज पनि ४९.०६ प्रतिशतले घटेर पाँच करोड १७ लाख रुपैयाँमा झरेको छ । सञ्चालन नाफा बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा कम्पनीको नाफा बढ्न पुगेको हो ।

यता, कम्पनीको खुद ब्याज आम्दानी भने १२.७१ प्रतिशतले घटेको छ । गत वर्ष २३ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीको अहिले घटेर २० करोड ८२ लाख रुपैयाँमा झरेको छ । यसको खराब कर्जा पनि सामान्य घटेको छ ।

गत वर्ष ७.४२ प्रतिशत रहेको यसको खराब कर्जा अहिले घटेर ७.३९ झरेको छ । जाल्पाको प्रतिसेयर आम्दानी चार रुपैयाँ ५८ पैसा (वार्षिक) रहेको रहेको छ । गत वर्ष कम्पनी प्रतिसेयर ३२ रुपैयाँ ७० पैसा नोक्सानमा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २८० रुपैयाँ २४ पैसा रहेको छ ।

प्रकाशित : २३ बैशाख २०८१, आईतवार १३:०१