समस्याग्रस्त सहकारीहरुलाई सहजीकरण गरी पुन संचालनको बातावरण बनाउनु पर्छः अध्यक्ष ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

समस्याग्रस्त सहकारीहरुलाई सहजीकरण गरी पुन संचालनको बातावरण बनाउनु पर्छः अध्यक्ष ढकाल



भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २० औं स्थापना दिवसको अवसरमा “सहकारीका चुनौती तथा समाधानका उपायहरु” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि नेफस्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले केही समस्याग्रस्त सहकारीहरुलाई सहजीकरण गरी पुन संचालनको बातावरण बनाउन सबै लाग्नुपर्ने बताए । उनले सहकारी ऐनमा भएका व्यवस्थाहरु कार्यान्वयनमा ल्याउन सरकारले ऋण असुली न्यायधिकरण बैशाख मसान्त भित्र आउने तयारी भइरहेको जनाए ।

उनले नेपाल राष्ट्र बैंक ऐन संशोधनले सहकारीको अनुगमन तथा सुपरिवेक्षणका लागि बाटो खुल्ला भएको भन्दै समस्या संगै समाधान पनि हुने भएकोले सकारात्मक सोचबाट छलफल गर्नुपर्ने बताए । संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजुले स्थापना दिवसमा संघको सबल, कमजोरी, चुनौती र अवसरको समिक्षा तथा विश्लेषण गर्नुपर्ने बताए ।

भक्तपुर जिल्लामा तुलनात्मक रुपमा अरु जिल्ला भन्दा कम मात्र सहकारी समस्या देखिन्नु, सहकारी ऐनमा संशोधनको प्रस्तावित व्यक्तिगत बचत २५ लाख सिमालाई हटाउन, तरलता बाणिज्य बैंकमा मात्र रहने व्यवस्थालाई हटाउन, मालपोतमा रोक्का दस्तुर हटाउन यस संघसमेतको सहभागितामा सफल भएको बताए ।

संघमा आबद्ध नभएका केही सहकारीहरुमा समस्या पर्नु, सहकारीका समस्या समाधानका नेपाल राष्ट्र बैंकले अंकुश लगाउने बातावरणको सिर्जना हुनु राम्रो पक्ष नभएको उनको भनाइ थियो । सहकारीका समस्य र चुनौतीलाई अवसरको रुपमा लिनुपर्ने भन्दै उनले सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने, एनएफआरएसको पालना लगाएतको कानुनको पालना गर्नुपर्ने बताए ।

संघका निर्वतमान अध्यक्ष राधेश्याम सुवालले समय सापेक्ष विषयमा अन्तरक्रिया कार्यक्रम सहित स्थापना दिवस मनाएकोमा खुशी व्यक्त गर्दै अहिले ऋण लगानी गर्दा पनि समस्या ऋण लगानी नहुँदा पनि समस्या देखिएकोले यसले संस्था संचालनमा जटिलता थपेको बताए ।

संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले संघ स्थापनाको चर्चा गर्दै सहकारीमा वित्तीय क्षेत्रले मात्र बढी प्राथमिकता पाउँदा सहकारीका अवधारण र सिद्धान्तको बुझाइमा कमजोर रहेको बतताए। संघका उपाध्यक्ष हरि बल्लले सहकारीमा शुसानको पालना नहुदाँ पछिल्ला समस्याहरु देखिएता पनि शुसासन पालना गराउने निकायले कार्वाहीमा तदारुकता नदेखाउँदा समस्या बढ्दै गएको बताए ।

बागमती प्रोस्कुनका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले सहकारीमा देखिएका पछिल्ला चुनौती र समाधानका उपायहरु विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । संस्थाले नाफालाई जोड नदिई सदस्य माझमा समस्याको निकाश खोज्नुपर्ने बताए ।

संघका सदस्य संस्थाहरुबाट १७३ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थालाई जिल्लास्तरीय सहकारी व्यवसाय पुरस्कार, सयपत्री बचत तथा ऋण सहकारी संस्थालाई, इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था, शुभकामना बचत तथा ऋण सहकारी संस्था, श्री महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थालाई नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार प्रदान गरेको थियो ।

त्यसैगरी ६७ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित भक्तपुर नगरस्तरीय प्रभातफेरी कार्यक्रममा उत्कृष्ट सहभागिताको पुरस्कार भक्तपुर बचत तथा ऋण सहकारी संस्था, कमलविनायक बचत तथा ऋण सहकारी संस्था, बालाखु गणेश बचत तथा ऋण सहकारी संस्थालाई प्रदान गरिएको थियो ।

प्रकाशित : २३ बैशाख २०८१, आईतवार १२:३८