सुनको मुल्यमा गिरावट, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्यमा गिरावट, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । शुक्रबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ३५ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन एक लाख ३६ हजार ५०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला एक लाख ३५ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो । यता आज चाँदीको मुल्य भने स्थिर रहेको छ ।

शुक्रबार चाँदीको मुल्य प्रतितोला १६ सय ४५ रुपैयाँ कायम रहेको छ । बिहीबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

प्रकाशित : २१ बैशाख २०८१, शुक्रबार १२:०८