सुनको मुल्य घट्याे, चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य घट्याे, चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । सोमबार सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आइतबार प्रतितोला एक लाख ३७ हजार छ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज तोलामा चार सय रुपैयाँले घटेर प्रतितोला एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन तोलामा चार सय रुपैयाँले घटेर प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मुल्य तोलामा पाँच रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला एक हजार छ सय ६० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार छ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १७ बैशाख २०८१, सोमबार १२:०१