आगो भएको पान खान हो ? (भिडियो हेर्नुस् ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

Feature News

आगो भएको पान खान हो ? (भिडियो हेर्नुस् )



एजेन्सी । मानिसले कुनै न कुनै हिसाबले नयाँ गर्न खोज्छ । अरु भन्दा केही फरक गर्यो भने चर्चामा पनि अाउछ । हामी यहाँ तपाइलाइ  ‘फायर पान’ अर्थात ‘आगो भएको पान’को चर्चाको बारेमा जानकारी दिदै छाै  ।

भारतीय तथा दक्षिण एसियालीहरुले रुचाउने पानलाई नयाँ–नयाँ तरिकाले ग्राहकहरुलाई बिक्री गर्ने होड चलिरहँदा पानमा आगो बालेर ग्राहकहरुमाझ पस्कदैं आएको छ ।

उक्त पान खाने ग्राहकहरुले फरक स्वादपाएको अनुभव बाँडेका छन् । पान खानको लागि ग्राहकहरुको लामो भिड पान पसलमा लाग्ने गरेको छ ।

ग्राहकहरुको रोजाइअनुसारको पान तयार गरेपछि पोको पार्नु अघि उक्त पानमा आगो बालेर ग्राहकहरुको मुखमा हालिदिन्छ । उक्त पान खाँदा ग्राहकहरुले मुख नपोल्ने प्रतिक्रिया दिएका छन् । बिल्कुलै फरक स्वादको भएको कारणले पान खान भिड लाग्ने गरेको  छ ।
भिडियो हेर्नुस्

प्रकाशित : ९ चैत्र २०७३, बुधबार १६:१४