सुनचाँदीको मूल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मूल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रतितोला एक लाख ३५ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेको छ । बिहिबार चाँदी प्रतितोला एक हजार छ सय ५५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार छ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : 26 April, 2024 11:26 am