काठमाडौं ९ चैत। बुधवार नेप्से परिसुचक १५ सय माथि पुगेको छ । बजार खुलेको केही समयपछि झण्डै १५ सय १३ अंकमा पुगेको सूचक अन्ततः १४ सय ८१ मा फर्केर रोकिएको छ । सो दिन नेप्से १८ दशमलव ८५ अंकले बढेको छ ।
बुधवार बीमा बाहेक अन्य समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक परिवर्तन भएको देखिन्छ । सो दिन विकास बैंक समुहको परिसुचक सवैभन्दा बढी ४० दशमलव ३८ अंकले बढेको छ । त्यस्तै बैंकिङ समुह २५ दशमलव ५५ र जलविद्युत समुह २५ अंकले बढेको छ ।
त्यस्तै फाइनान्स समुह ८ दशमलव ५६,होटल ३ दशमलव ७५ र अन्य समुह २ दशमलव ९ अंकले बढेको छ । यता बीमा समुहको परिसुचक भने ८८ दशमलव ६२ अंकले ओरालो लागेको छ ।
बुधवार सानिमा बैंकको सवैभन्दा बढी ७ करोड २० लाख बराबरको कारोवार भएको छ । बुधवार १ सय ४५ ओटा कम्पनी कारोवारमा आएकोमा २५ लाख ११ हजार कित्ता सेयर किनवेच भएको छ । जसबाट १ अर्व ३७ लाख बराबरको कारोवार भएको छ ।
Comment