मिलिजुली कालिन्चोक साकोसद्वारा लघुउद्यमी शेयर सदस्यको उत्पादन बजारीकरणको लागि प्रदर्शनी कक्ष सञ्चालन कार्यविधि पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मिलिजुली कालिन्चोक साकोसद्वारा लघुउद्यमी शेयर सदस्यको उत्पादन बजारीकरणको लागि प्रदर्शनी कक्ष सञ्चालन कार्यविधि पारित



काठमाडौं । मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी सस्थाले लघुउद्यमी शेयर सदस्यको उत्पादन बजारीकरणको लागि कार्य बिधि पारित गरी लागु गरेको छ । सस्थाले शेयर सदस्यहरुले लघुउद्यम मार्फत उत्पादन गरेको वस्तुको बजारीकरण गर्न सदस्यको उत्पादन प्रदर्शनी कक्ष सञ्चालन कार्यविधि २०८० पारित गरी लागु गरेको हो ।

यसै कार्यविधि बमोजिम प्रदर्शनी कक्षमा उत्पादनहरु राखिनेछ सस्थाले जनाएको छ । शेयर सदस्यले उत्पादन गरेको नबिग्रने वस्तुको नमुनालाई र बिग्रने वस्तुको फोटोलाई उत्पादकको सम्पर्क नम्बर सहित संस्थाले प्रदर्शनी कक्षमा राख्नेछ ।

 संस्थामा आउने शेयर सदस्य, उत्पादन हेर्न आउने सम्भावित शेयर सदस्य तथा विभिन्न जिल्लाबाट सहकारी अध्ययन अवलोकनमा आउने अवलोकनकर्ताहरुले उक्त प्रदर्शनी कक्षमा अध्ययन गरी सामान किन्ने मनसाय भएमा सम्बन्धित वस्तु उत्पादकको सम्पर्क नम्बरमा सम्पर्क गरी सामान अर्डर गर्न सकिने पनि जनाएको छ ।

प्रदर्शनी कक्षमा राखिएक गुणस्तरको सामानहरु भने उत्पादक शेयर सदस्यहरुले उपलब्ध गराई बिक्री गर्नुपर्नेछ। साथै, आगामी  दिनमा सबैको  सुझाव र आवश्यकता अनुसार सामान थपघट गरेर थप व्यवस्थित गर्दै लगिने सस्थाको अठोट छ ।

यसका साथै  प्रदर्शनी कक्षमा आफ्नो उत्पादन वा उत्पादित वस्तुको तस्विर राख्नको लागि आवेदन फाराम भनुपर्ने सस्थाले जनाएको छ । आवेदन फाराम गुगल सिटको माध्यमबाट वा संस्थाको मुख्य कार्यालयमा आई निःशुल्क भर्न सकिनेछ ।

प्रकाशित : १३ बैशाख २०८१, बिहीबार २१:४५