स्वावलम्बन लघुवित्तको नाफामा सामान्य गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्वावलम्बन लघुवित्तको नाफामा सामान्य गिरावट



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यस अवधिसम्म आइपुग्दा लघुवित्तको नाफा सामान्य घटेको छ।

यसअवधि सम्म कम्पनीको खुद नाफा १.३५ प्रतिशतले घटेर ११ करोड ८६ लाख २० हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले १२ करोड दुई लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी २.२७ प्रतिशतले घटेर एक अर्ब दुई करोड २७ लाख ६३ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १.६५ प्रतिशतले घटेर १६ करोड ९० लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी एक अर्ब ४५ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ०२ पैसा र प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ छ ।

प्रकाशित : १२ बैशाख २०८१, बुधबार ११:१८