सपोर्ट लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार, अन्य सूचक कस्ताे छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सपोर्ट लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार, अन्य सूचक कस्ताे छ ?



काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तले एक करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९४.९१ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८.७८ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ८९.३५ प्रतिशत बढेको छ।

त्यसैगरी, नौं करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा पाँच करोड ७९ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको निक्षेप १७.८२ प्रतिशत, सापटी ३०.३४ प्रतिशत र कर्जा २४.०२ प्रतिशत बढेको छ।

यस अवधिसम्म लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी आठ रुपैयाँ ४१ पैसा बढेर १७ रुपैयाँ २८ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७७.९७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२ रुपैयाँ ४० पैसा रहेको छ।

प्रकाशित : १२ बैशाख २०८१, बुधबार ११:०९