सुनचाँदीको मूल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मूल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज तोलामा २७ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ३५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन तोलामा २७ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ३४ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मुल्य तोलामा ४५ रुपैयाँले घटेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार सात सय पााच रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार छ सय ६० रुपियाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : 23 April, 2024 11:45 am