रोयल बहुउद्देश्यीय सहकारी संस्थाले मनायो २७औं स्थापना दिवस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

रोयल बहुउद्देश्यीय सहकारी संस्थाले मनायो २७औं स्थापना दिवस



रोयल बहुउद्देश्यीय सहकारी संस्थाले २७औं स्थापना दिवस मनाएको छ । संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाएको हो । कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । २७ औं वर्षको सप्तरंगी २७ वटा वेलुन उडाई संस्थाका अध्यक्ष भानुभक्त ढकाल तथा संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत सीताराम काफ्लेले संयुक्त रुपमा स्थापना दिवसको उद्घाटन गरेका थिए ।

समाजमा आर्थिक तथा सामाजिक रुपबाट पछि परेका समुदायका सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक स्तरमा वृद्धि गराई देशको विकासको अभियानमा नयाँ ईट उद्देश्यले सहकारी ऐन बमोजिम रोयल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०५५ साल बैशाख ९ गते स्थापना भएको थियो । २५ जना युवा मिलि २५ हजार पुँजीबाट सुरु भएको रोयल २७औं वर्षमा प्रवेश गर्दा १.११ अर्ब निक्षेप संकलन, १.०६ अर्ब कर्जा प्रवाह गर्न सफल भएको छ । संस्थामा हाल करिब १० हजार सदस्यहरु आवद्ध छन् । संस्थाले करिब १.७५ अर्बको कारोबार गर्न सफल भएको छ ।

स्थापना कालमा अनामनगर, काठमाडौंमा ४ वटा कोठा भाडामा लिई सञ्चालन गरेको संस्थाले हाल का।म।न।पा(०३, बसुन्धरा, काठमाडौंमा करिव एक रोपनी क्षेत्रफल भएको जग्गामा अत्याधुनिक भवन निर्माण गरी सोही भवन बाट सेवा सञ्चालन गरिरहेको छ । हाल संस्थाको ५ वटा सेवा केन्द्र कार्यालयहरु मध्ये फर्पिङ सदस्य सेवा केन्द्र र टोखा सदस्य सेवा केन्द्रले पनि आफ्नै अत्याधुनिक भवनबाट सेवा प्रवाह गरिरहेको छ । त्यस्तै बाँकी ३ वटा सेवा केन्द्रको लागि जग्गा खरिद गरी भवन निमार्ण गर्ने योजना रहेको संस्थाले जनाएको छ ।

संस्थाको उद्देश्य अनुरुप अगाडि बढ्न वैकल्पिक व्यवसाय अन्तर्गत काठमाडौं लगायत काठमाडौसंग जोडिएका जिल्लामा बहुउद्देश्यीय कृषि परियोजना संचालन गर्ने योजना रहेको संस्थाका प्रमुख कार्यकारी अध्यक्ष काफ्लेले जानकारी दिए । देशभरका कृषि सहकारी तथा कृषक समूहमार्फत उत्पादन भएका कृषि उपजहरुको बजार व्यवस्थापन तथा वितरण सम्बन्धी कार्यका लागि गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा भन्ने मुल नाराका साथ काठमाडौंमा निकट भविष्यमा मुक्तिनाथ कृषि कम्पनीको सहकार्यमा रोयल कृषि मार्ट संचालन गर्ने योजना रहेको उनले बताए ।

संस्थाले सामाजिक तथा आर्थिक रुपले पिछडिएका गरीब एवं विपन्न वर्गका समुदायहरुलाई कृषि तथा आयमुलक व्यापार व्यवसाय गरी स्वरोजगार सृजना गर्न सरल तरिकाले वित्तिय सेवा तथा सुविधाहरु उपलब्ध गराई आत्मनिर्भर, स्वाभिमानि र सम्मानित जीवन बाँच्न सहयोग उद्देश्यले लघुवित्त कार्यक्रमलाई थप प्राथमिकतमा राखी लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले सदस्यहरुलाई बचत, कर्जा, वीमा, लघुवित्त, रेमिट्यान्स, तालिम तथा वित्तिय परामर्श प्रदान गरिरहेको छ ।

संस्थाले समाजमा रहेका “हुँदा खानेदेखी हुने खाने सम्म” बच्चा देखी बृद्धा सम्म, धनि देखि गरिब सम्मका सदस्यहरुलाई विभिन्न किसिमका बस्तु तथा सेवाहरु प्रदान गर्ने सहकारीको रुपमा विकास गर्न सफल भएको छ । संस्थाले हालको योजनामा कृषक एवम् उपभोक्तामुखी सहकारी मोडल निर्माण गर्न आफ्नो कार्यक्रमहरु अगाडी बढाइरहेको अध्यक्ष ढकालले बताए ।

प्रकाशित : १० बैशाख २०८१, सोमबार १५:०८