हिमालयन बैंकको सीईओमा पुनः राणा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हिमालयन बैंकको सीईओमा पुनः राणा नियुक्त



काठमाडौं । हिमालयन बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिृकत(सीईओ)मा अशोक शमशेर राणा पुनःनियुक्त भएका छन् । बैंकको गत चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले वैशाख ९ गतेदेखि लागू हुनेगरि राणालाई सीईओमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको बैंकले जनाएको छ । राणा हिमालयन बैंकमा विगत १२ वर्षदेखी बैंकको सिईओको रुपमा कार्यरत छन् । राणा वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष पनि हुन्।

प्रकाशित : १० बैशाख २०८१, सोमबार ११:०९