नेपालको आयात र निर्यात दुवै घट्याे, ब्यापार घाटा १० खर्ब ५३ अर्ब नाघ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालको आयात र निर्यात दुवै घट्याे, ब्यापार घाटा १० खर्ब ५३ अर्ब नाघ्याे



काठमाडौं । चालु आर्थिक वर्षको नौं महिनामा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा आयात २.८४ प्रतिशत आयात घटेको हो ।

गत आवको नौं महिनामा १२ खर्ब एक अर्ब ५० करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको थियो । आयातसँगै नेपालको निर्यात पनि घटेको छ । चालु आवको नौं महिनामा निर्यात ३.६६ प्रतिशतले घटेको हो ।

चालु आवको नौं महिनामा एक खर्ब १३ अर्ब रुपैयाँको बस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोहि अवधिमा यस्तो निर्यात एक खर्ब १८ अर्ब रुपैयाँको भएको थियो ।

यो अवधिमा १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । गत आवको सोहि अवधिको तुलनामा यो २.९२ प्रतिशत कम हो । गत आवको सोहि अवधिमा नेपालको वैदेशिक व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड रहेको थियो ।

समग्रमा यो नौं महिनामा नेपालको ब्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा २.७५ प्रतिशत कम हो । गत आवको सोहि अवधिमा १० खर्ब ८३ अर्ब २२ करोड रुपैयाँ व्यापार घाटा रहेको थियो ।

प्रकाशित : ९ बैशाख २०८१, आईतवार ११:४९