एक्सेल डेभलपमेन्ट बैंक पाँच करोड ३७ लाख भन्दा बढी नोक्सानीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एक्सेल डेभलपमेन्ट बैंक पाँच करोड ३७ लाख भन्दा बढी नोक्सानीमा



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म पाँच करोड ३७ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म चार करोड ४९ लाख रूपैयाँभन्दा बढी खुद नाफामा रहेको कम्पनी यस वर्ष भने नोक्सानीमा गएको हो ।

यस वर्ष इम्पेरमेन्ट चार्ज बढेकाले सञ्चालन नाफासँगै खुद नाफामा असर परेको हो । गत वर्ष १८ करोड १५ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम यस वर्ष २० करोड ३९ लाख रूपैयाँभन्दा बढी रहेको हो । गत वर्ष नौ‌ करोड २२ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफामा रहेको कम्पनी यस वर्ष भने पाँच करोड ३७ लाख रूपैयाँभन्दा बढी सञ्चालन नोक्सानीमा रहेको हो ।

हाल कम्पनीको चुक्तापूँजी एक अर्ब २४ करोड ९६ लाख ९४ हजार रूपैयाँ रहेको छ । सेयर प्रिमियममा ९५ लाख ४५ हजार रूपैयाँ रहेको कम्पनीको रिटर्न अर्निग आठ करोड ३१ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम भने ७१ करोड ८३ लाख रूपैयाँभन्दा बढी रहेको छ ।

यस वर्ष कम्पनीले १३ अर्ब ९९ करोड ८६ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने १० अर्ब ७१ करोड चार लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ८.९२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ७.३० प्रतिशतमा झरेको छ । वार्षिक प्रतिसेयर पाँच रूपैयाँ ७३ पैसा नोक्सानीमा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५१ रूपैयाँ ५९ पैसा रहेको छ ।

प्रकाशित : ९ बैशाख २०८१, आईतवार ११:३८