तेस्रो त्रैमासमा निफ्राले कमायाे ९८ करोड ७३ लाख खुद नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

तेस्रो त्रैमासमा निफ्राले कमायाे ९८ करोड ७३ लाख खुद नाफा



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०२ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.५७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६३.२८ प्रतिशत घटेको छ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४७ करोड ८८ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा दुई रुपैयाँ ९६ पैसा रहेको छ।

चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी छ रुपैयाँ नौं पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३४.४६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ६५ पैसा रहेको छ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा दुई अर्ब एक करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकको निक्षेप २४.३७ प्रतिशत बढेको छ भने कर्जा ७.२५ प्रतिशत घटेको छ।

प्रकाशित : ७ बैशाख २०८१, शुक्रबार १३:३७