तेस्रो त्रैमासमा सिद्धार्थ बैंककाे यस्ताे छ वित्तिय अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

तेस्रो त्रैमासमा सिद्धार्थ बैंककाे यस्ताे छ वित्तिय अवस्था



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब ६८ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको यसै अवधिको तुलनामा १३.०२ प्रतिशतले धेरै हो ।

गत वर्ष बैंकले एक अर्ब ४९ करोड एक लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस बैंकको खुद ब्याज आम्दानी घटेपनि इम्पेयरमेन्ट चार्ज पनि घट्दा नाफामा सुधार आएको हो । छ अर्ब सात करोड ६१ लाख रहेको खुद ब्याज आम्दानी यसअवधिसम्म आइपुग्दा घटेर छ अर्ब एक करोड रुपैयाँ कायम भएको छ ।

यसको इम्पेयरमेन्ट चार्ज भने दुई अर्ब १६ करोडबाट घटेर एक अर्ब ७० करोड रुपैयाँ कायम भएको छ । यता, सञ्चालन नाफा १४.४२ प्रतिशतले बढेको छ । सिद्धार्थको निष्क्रिय कर्जा दर ३.९५ प्रतिशत विन्दुबाट घटेर २.५२ प्रतिशत कायम भएको छ ।

हाल यस बैंकको चुक्ता पुँजी १४ अर्ब आठ करोड ९९ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १२ अर्ब ४० करोड रुपैयाँ जम्मा छ । प्रतिसेयर आम्दानी १.८६ रुपैयाँले बढेर १६.१० रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १८६.११ रुपैयाँ छ ।

प्रकाशित : ७ बैशाख २०८१, शुक्रबार १३:०४