कामना सेवा विकास बैंकको नाफा ८.४० प्रतिशत बढ्याे, अन्य सूचक कस्ताे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कामना सेवा विकास बैंकको नाफा ८.४० प्रतिशत बढ्याे, अन्य सूचक कस्ताे ?



काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा ८.४० प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनामा ३० करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३३ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

त्यस्तै यस अवधिमा बैंकले एक अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले एक अर्ब ५२ करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २.६६ प्रतिशत र सञ्चालन मुनाफा २.९२ प्रतिशत बढेको छ। त्यस्तै, तीन अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा एक अर्ब ८१ करोड रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा बैंकले ५७ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५० पैसा बढेर १३ रुपैयाँ ४७ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २६.५१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ३४ पैसा रहेको छ।

प्रकाशित : ७ बैशाख २०८१, शुक्रबार ११:२१