सांग्रिला डेभलपमेन्ट बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति?



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४४ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २४ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४९ प्रतिशतले बढेर एक अर्ब ४४ करोड ८१ लाख ४२ हजार रुपैंमा पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी ३५.९८ प्रतिशत बढेर १४ करोड ९५ लाख रुपौंय पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ६.१९ प्रतिशत बढेर एक अर्ब ६० करोड ४८ लाख रुपैंया रहेको छ । त्यस्तै, सञ्चालन मुनाफा ९.६५ प्रतिशत बढेर ३८ करोड ६८ लाख ९२ हजार रुपैंया पुगेको छ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा छ करोड एक लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतियसेर वितरणयोग्य मुनाफा दुई रुपैयाँ ३४ पैसा ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४३ पैसा बढेर १० रुपैयाँ ४७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २८.४७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ४७ पैसा रहेको छ।

तीन अर्ब ४३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा एक अर्ब २८ करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले ५२ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रकाशित : ७ बैशाख २०८१, शुक्रबार ११:०९