कुमारी बैंकको नाफा १९.१२ प्रतिशतले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

बैंक / वित्त

कुमारी बैंकको नाफा १९.१२ प्रतिशतले घट्याे



काठमाडौं । चैत मसान्तसम्ममा कुमारी बैंकले एक अर्ब पाँच करोड २७ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १९.१२ प्रतिशतले कम हो ।

गत आवको सोही अवधिमा बैंकले एक अर्ब ३० करोड १६ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.६७ प्रतिशतले बढेर आठ अर्ब ४२ करोड ४७ लाख ९८ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा २१.६० प्रतिशतले बढेर दुई अर्ब २६ करोड १८ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

२६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ८३ करोड छ लाख ४१ हजार रुपैयाँ रहेको थियो । बैंकको खराब कर्जा घटेर ०३८ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा १।४२ प्रतिशत रहेको थियो । बैंकको प्रतिसेयर आम्दानी पाँच रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ५२ पैसा रहेको छ ।

प्रकाशित : ७ बैशाख २०८१, शुक्रबार १०:५५