सानिमा बैंकको नाफामा गिरावट, कस्तो छ बित्तीय अवस्था ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

बैंक / वित्त

सानिमा बैंकको नाफामा गिरावट, कस्तो छ बित्तीय अवस्था ?



काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको बित्तीय विवरण सार्बजनिक गरेको छ । विवरण अनुसार यस अबधिमा बैंकले एक अर्ब ४३ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा १५.९० प्रतिशतले कम हो ।

गत वर्ष यसले एक अर्ब ७१ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ ।  गत बर्षको यसै अबधिमा चार अर्ब ९३ करोड ८१ लाख रहेको उक्त आम्दानी अहिले घटेर चार अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ । 

यसको इम्पेयरमेन्ट चार्ज भने एक अर्ब १४ करोडबाट बढेर एक अर्ब ५९ करोड पुगेको छ । 

सञ्चालन नाफा १६.८४ प्रतिशतले घटेको छ । सानिमाको खुद खराब कर्जा दर १.४७ प्रतिशत विन्दुबाट घटेर ०.६९ प्रतिशत कायम भएको छ । 

हाल यस बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा पाँच अर्ब ६५ करोड रुपैयाँ जम्मा छ । प्रतिसेयर आम्दानी ४.२३ रुपैयाँले घटेर १४.२७ रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १४७.२४ रुपैयाँ छ ।

प्रकाशित : ७ बैशाख २०८१, शुक्रबार ०९:०७